प्रतिनिधिसभा क्षेत्रमा ३ वटासम्म सम्पर्क कार्यालय मात्र खोल्न आयोगको निर्देशन

काठमाडौं, ८ कार्तिक । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुले एकै निर्वाचन क्षेत्रमा ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् ।
निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरि बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न सक्ने बताएको छ ।
त्यस्तै, प्रदेशसभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने पनि व्यवस्था निर्वाचन आयोगले गरेको छ ।
यसरी खोलिएको सम्पर्क कार्यालयका लागि लिइएको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश हुने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


