सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थप

काठमाडौं, ६ कार्तिक । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दुई दिनको म्याद थपेको छ ।
अघिल्लो पटक थपेको चार दिनको समयसिमा सकिएपछि जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप दुई दिन दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले सन्दीपलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिए ।
मैनालीका अनुसार लामिछानेविरुद्धको मुद्दामा अनुसन्धान लगभग सकिएकाले जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाउने प्रहरीको तयारी छ ।
क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका बेला भदौ २१ गते उनीमाथि बलात्कारको आरोप लागेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


