काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिवि तथा मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

समूह ‘ए’ मा नेपाल एपिएफ, त्रिभुवन आर्मी क्लब,कर्णाली प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश–१ छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान हुनेछ ।

पहिलो दिन नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।