पोलियो उन्मूलनमा योगदान गर्ने दुईजना स्वास्थ्यकर्मी सम्मानित

काठमाडौं, ४ कार्तिक । कर्णाली जिल्लामा पोलियो उन्मूलनमा योगदान गर्ने दुईजना स्वास्थ्यकर्मी सम्मानित भएका छन् ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का र जिल्ला स्वास्थ्य सेवा कार्यालयका सेवानिवृत्त खोप सुपरभाइजर जीतलाल ढकाल कर्णालीमा पोलियो उन्मूलनको घोषित भएका हुन् ।
विश्व पोलियो दिवसका अवसरमा डा. खड्का र ढकाललाई सम्मान गरिएको छ । ढकालले पोलियो नियन्त्रण गर्न कर्णालीका विभिन्न जिल्लामा महत्वपूर्ण काम गरेका थिए ।
डा.खड्काले कर्णालीका आठवटा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला बनाएर पोलियो उन्मूलनमा उल्लेख्य योगदान दिएका छन् ।
यसै योगदानका कारण विश्व स्वास्थ्य संगठनको नेतृत्वमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरूले खड्का र ढकालालाई कर्णालीको ‘पोलियो उन्मूलन हिरो’ घोषित गरी दोसल्ला र सम्मानपत्र प्रदान गरेका हुन् ।
उनीहरुले पोलियो नियन्त्रण र उन्मुलनमा आफूहरूले गरेको कामको अनुभव सुनाउँदै पोलियो उन्मूलन भएकामा खुसी व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


