काठमाडौं, ४ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ४८ र एन्टिजेनबाट ६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार १३ पीसीआर र १ हजार ४६७ एन्टिजेन गरी २ हजार ४८० जनाको कोरोना परीक्षण भएको थियो ।

पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त हुँदा कसैको मृत्यु भएको छैन ।

देशभर अहिले सक्रिय संक्रमितको संख्या ७२१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।