नेपाली नागरिकतासहित चिनियाँ जासुस दिल्लीबाट पक्राउ

एजेन्सी, ४ कार्तिक । भारतीय प्रहरीले नेपाली नागरिकतासहित चिनियाँ जासुसलाई पक्राउ गरेको छ । दिल्लीको विशेष सेलले ४४ वर्षीया चिनियाँ महिला चाइ रउलाई पक्राउ गरेको हो ।
भारतको विभिन्न सरकारी कार्यालय र मन्त्रालयहरुबाट गोप्य सूचना चुहाएको उनमाथि आरोप लगाइएको छ ।
विगत दुई वर्षदेखि आफ्नो पहिचान लुकाएर उनी दिल्लीमा बस्दै आएकी छन् । उनको साथमा रहेको नेपाली नागरिकता र पासपोर्टसमेत बरामद गरिएको छ ।
नागरिकतामा डोल्मा लामा लेखिएको छ । उनी डोल्मा लामा बनेर भिक्षुको भेषमा जासुसी गर्दै आएको दिल्ली प्रहरीले जनाएको छ ।
पक्राउ परेकी ती महिलालाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ । ती महिलाले नेपाली र हिन्दी दुवै भाषा बोल्ने गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


