जसपाले बागी उम्मेदवारलाई पार्टीबाट निकाल्यो

काठमाडौं, ३ कार्तिक । जनता समाजवादी पार्टी नेपालले बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन गरेको छ ।
पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएकालाई साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिएको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका हुन् ।
जसपाले पार्टीको आधिकारीक उम्मेदवार बाहेक अरुको प्रचार प्रसारमा नलाग्न समेत निर्देशन दिएको छ । यस्तै, एमालेसँगको चुनावी तालमेललाई पनि सफल बनाउन आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


