बिहीबार कोरोनाका ५३ नयाँ संक्रमित थपिए, डेंगुबाट ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

काठमाडौं, ३ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा ५१ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १ हजार २१८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।
यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७ जिल्लामा फैलिएको छ भने ४२ हजार ५०४ जना संक्रमित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


