काठमाडौं, ३ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल एपिएफ क्लबले स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालास्थित कोर्टमा बिहीबार एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो।

एपिएफले २५–२१, २७–२५, २६–२४ को जित निकाल्यो । विभागीय टोली नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ ।

पुलिसले घरेलु टोलीलाई गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।