काठमाडौं, ३ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ । यद्यपि अस्पतालको आइसियुमै राखिएको छ’ प्रचण्ड निकट एक नेताले भने, ‘सामान्य सुधार भएपनि चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले आइसियुमै राखिएको छ ।’

सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् ।