देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, २ कार्तिक । सरकारले बुधबारदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि र खुवाउन सुरु गरेको छ ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि र खुवाइने छ ।
वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


