काठमाडौं, २ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७८३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२ तथा एन्टीजेनबाट ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७२८ रहेको मन्त्रालयले जनाएको छ ।कोरोनाका कारण नेपालमा हालसम्म १२ हजार १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ४२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।