काठमाडौं, २ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

‘सीता म्याडमलाई समस्या भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको हो । अस्पताल ल्याउने लग्ने भइरहन्छ । नयाँ समस्या भएर होइन’ प्रचण्डको सचिवालयका एक सदस्यले भने ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छन् ।

सीताको स्वास्थ्यमा जटिल समस्या भएपछि पार्टीको कार्यक्रममा समेत प्रचण्ड जान पाएनन् । पार्टीको सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्ड जाने भनिएपनि अन्तिम घडिमा स्थगित गरेका हुन् ।