काठमाडौं, २ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्रायथोलनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका वसन्त थारु र महिलातर्फ नेपाल एपिएफ क्लबकी सोनी गुरुङले स्वर्ण जितेका छन् ।

पोखरा फेवातालमा बुधबार भएको ट्रायथोलन पुरुष स्प्रिन्ट विधामा वसन्तले २० किलोमिटर साइक्लिङ, ७५० मिटर पौडी र ५ किलोमिटरको दौड १ घण्टा ९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते ।

आर्मीकै दिपेश चौधरीले १ घण्टा १० मिनेट ५ सेकेण्डमा दूरी पूरा गर्दै रजत तथा एपिएफका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै कास्य जिते ।

त्यस्तै, महिलातर्फ सोनीले १ घण्टा १६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् ।

नेपाल पुलिस क्लबकी शेर्बी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेण्डमा पूरा गर्दै रजत तथा त्रिभुवन आर्मी क्लबकी केशरी थापा मगरले १ घण्टा ३२ मिनेट २९ सेकेण्डमा पूरा गर्दै कास्य जिते ।