त्रिभुवन आर्मीले जित्यो स्वर्ण

काठमाडौं, २ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
पोखरामा बुधबार भएको फाइनलमा घरेलु टोली गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० ले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो ।
टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी,सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । गण्डकीका कुनै पनि खेलाडीले गोल गर्ने सकेनन् ।
त्यसअघि खेलको नवौं मिनेटमा सरस्वती तामाङले १ गोल गर्दै आर्मीलाई सुरूवाती अग्रता दिलाएकी थिइन् । त्यसको २ मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले खेललाई १–१ को बराबरीमा ल्याइन् ।
खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको हो । यस्तै, प्रदेश १ लाई २–० ले हराउँदै सुदूरपश्चिमले कास्य पदक जित्यो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


