काठमाडौं, १ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितअन्तर्गत कुस्तीको पुरुषमा स्पर्धामा विभागीय टोली नेपाल एपिएफ क्लबले ४ स्वर्ण पदक जितेको छ ।

पूर्वी नवलपरासीमा भएको कुस्तीमा महिला र पुरुष दुवैतर्फ समान १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

पुरुषतर्फ मधेस प्रदेशले ३ तथा विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र लुम्बिनी प्रदेशले १–१ स्वर्ण पदक जितेका छन् ।
एपिएफका लागी ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते ।

मधेस प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात जित्दा आर्मीका लागी ७४ केजी तौल समूहमा सुरेश चुनारले स्वर्ण हात पारे ।

९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पार्दा लुम्बिनी प्रदेशका लागि ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक जिते ।

कुस्तीको महिलातर्फका स्वर्ण त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले मात्र जितेका छन् । आर्मी र सुदुर पश्चिम प्रदेशले समान पाँच स्वर्णपदक जितेका हुन् ।

विभागीय टोली आर्मीका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

त्यस्तै, सुदुरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जिते ।

कुस्ती खेल कावासोती–१६ स्थित थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो । जसमा ७ प्रदेश र तीन विभागिय गरी १० टोली सहभागी थिए ।