काठमाडौं, १ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५१० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टीजेन विधिबाट ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७० हजार ९९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।