नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं, ३१ असोज । नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ ।
सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


