काठमाडौं, ३१ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २८७ जनामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७११ रहेको मन्त्रालयले जनाएके छ ।