काठमाडौं, ३१ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ ।

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापामगरले वागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

थापाको यो ह्याट्रिक पदक हो । उनले सातौँ र आठौंमा समेत स्वर्ण पदक जितेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिँदै अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे ।

तर, चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिँदै स्वर्ण पदक जिते । वागमतीका अमीर ब्लोन र गण्डकीका दीपक थापाले कास्य पदक जिते ।