महिला क्रिकेटमा नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौं, ३१ असोज । नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ ।
उसले सोमबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । १२४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो ।
बागमतीका लागि सुमन खतिवडाले २३, कप्तान अस्मिना कर्माचार्यले १८ र आरती बिडारीले अविजित ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि कविता कुँवरले ३, ईश्वरी बिष्टले २ तथा कप्तान रुविना क्षेत्री र संगीता राईले १/१ विकेट लिए । त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
पुलिसका लागि काजल श्रेष्ठले ५१ बलमा ५ चौकासहित ४६ रनको पारी खेलिन् । कविता कुवँर २६,रुबिना क्षेत्रीले अविजित १७ र कविता जोशीले अविजित १२ रन बनाए ।
बागमतीका लागि अस्मिना कर्माचार्य,सुमन खतिवडा र खुसी डंगोलले समान १/१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । पुलिसले स्वर्ण पदकका लागि अर्को विभागिय टोली नेपा एपिएफ क्लबसँग खेल्नेछ ।
एपिएफ लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


