भारतीय कांग्रेस अध्यक्ष पदका लागि निर्वाचन हुँदै

एजेन्सी, ३१ असोज । भारतीय कांग्रेस अध्यक्ष पदका लागि सोमबार निर्वाचन हुँदैछ । भारतीय कांग्रेसको इतिहासमा पहिलोपटक अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।
कांग्रेस अध्यक्ष पदका लागि देशभर ४० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । झन्डै ९ हजार ८ सय मतदाताले मतदान गर्दैछन् ।
कांग्रेसको अध्यक्ष पदका लागि दुईजनाले उम्मेदवारी दिएका छन् । शशि थरूर र मल्लिकार्जुन खड्गे आगामी अध्यक्षका प्रत्यासी रहेका छन् ।
सोमबार सम्पन्न हुने मतदानको नतिजा भने बुधबार राजधानी दिल्लीको अकबर रोडस्थित पार्टी मुख्यालय घोषणा गरिने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


