समानुपातिक बन्दसूचीमा रहेका ४३९ जनाले ५ गतेभित्र जरिवाना बुझाउनुपर्ने

काठमाडौं, ३१ असोज । समानुपातिक बन्दसूचीमा रहेका ४३९ जनाले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउनुपर्ने भएको छ ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ जना उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको छ ।
जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


