मुम्बईमा कारमा पछाडि बस्ने यात्रुका लागि पनि सिट बेल्ट अनिवार्य

एजेन्सी, २९ असोज । भारतको वित्तीय केन्द्र मुम्बईमा नोभेम्बरदेखि कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको छ ।
यसअघि अगाडिको सिटका यात्रुले मात्र सिट बेल्ट लगाउनुपर्ने अनिवार्यता थियो तर गत महिना सडक दुर्घटनामा परी व्यापारी साइरस मिस्त्रीको मृत्युले सिट बेल्ट लगाउनुको महत्त्व बढेको भन्दै नयाँ नियम लागू गरिँदैछ ।
मुम्बई ट्राफिक प्रहरीका अनुसार नयाँ नियमको पालना नगरेमा दण्डनीय हुने बताइएको छ । भारतको यातायात मन्त्रालयले सन् २०२० मा भारतमा ३६ लाख ६१ हजार १३८ सडक दुर्घटनाहरू रेकर्ड गरेको थियो जसमा १३ लाख एक हजार ७१४ जनाको मृत्यु भएको थियो भने ३ लाख ४८ हजार २७९ जना घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


