नवौं राष्ट्रिय खेलकुदमा आर्मीकी सरस्वतीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

काठमाडौंं, २९ असोज । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा सरस्वतीले १२.१३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् ।
सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीले आज बिहान हिट चरणमा बनाएको कीर्तिमान भंग गरेकी हुन् । निशाले १२.१५ सेकेन्डको समय निकालेकी थिइन् ।
यो स्पर्धामा निशाले १२.२२ सेकेन्डको समय निकाल्दै रजत हात पार्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबकी रमिता थारुले १२.९२ सेकेन्डको समय निकाल्दै कास्य पदक जितिन् ।
त्यस्तै, पुरूष १०० मिटर दौडमा विभागीय टोली नेपाल एपिएफ क्लबका दौडमा एपीएफ क्लबका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् ।
उनले १०.५६ सेकेन्डमा निर्धारित दुरी पार गरे । अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबका युवराज विकले १०.५८ सेकेन्डको समय निकाल्दै रजत तथा आर्मीकै डिल्ली भण्डारीले १०.७० सेकेन्डसहित कास्य पदक हात पारे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


