नेपाल एपिएफ क्लब महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश

काठमाडौं, २९ असोज । विभागीय टोली नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । उसले आज सम्पन्न समूहञएझ अन्तर्गतको खेलमा मधेस प्रदेशलाई २७ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
१०२ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो । उसका लागि सरस्वतीकुमारी चौधरी र कप्तान कविता गौतमले सर्वाधिक १३÷१३ रनको योगदान दिए ।
अनुराधा चौधरीले ११ रन जोड्द अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफका लागि नेरी थापाले ३,सुमन विष्ट, इन्दु बर्मा,सुस्मा श्रेष्ठ र सरिता मगरले १/१ विकेट हात पारे ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।
उसका लागि ममता चौधरीले अविजत रहँदै सर्वाधिक १७ रनको योगदान दिइन् । राजमती ऐरीले १६, ज्याति पाण्डेले १५ तथा नेरी थापाले १२ रन जोडे । मधेसका लागि सरस्वतीकुमारी चौधरीले ३ तथा कविता गौतम र शान्ती चौधरीले २/२ विकेट हात पारे ।
योसँगै लगातार तेस्रो जित हात पारेको एपिएफ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदा पहिलो पराजय बेहोरेको मधेस समान खेलबाट ४ अंकका साथ दोस्रोमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


