काठमाडौं, २९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७६३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४५ तथा एन्टिजेन विधिबाट ७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६६७ रहेको मन्त्रालयले जनाएको छ ।नेपालमा हालसम्म कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३० हजार ८७६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।