इरानको प्रदर्शनमा सेप्टेम्बरमा मात्र २३ बालबालिका मारिएको एम्नेष्टीको दाबी

एजेन्सी, २८ असोज । इरानको विरोध प्रदर्शनका क्रममा सेप्टेम्बर महिनामा मात्रै झण्डै दुई दर्जन बालबालिकाको मृत्यु भएको मानवअधिकार पर्यवेक्षकको एक नयाँ प्रतिवेदनले देखाएको छ ।
रिपोर्टमा इरानी सुरक्षाबलले युवाहरूमाथि ‘पूर्ण दण्डहीनताका साथ’ निशाना बनाइरहेको आरोप लगाइएको छ ।
एमनेस्टी इन्टरनेसनलले जारी गरेको १९ पृष्ठको प्रतिवेदन अनुसार मारिएका कम्तिमा २३ बालबालिका सेप्टेम्बरको अन्तिम १० दिनमा मात्रै मारिएको बताए ।
इरानमा दशकौंदेखि शासन गरेको इस्लामिक शासनविरुद्ध उठेको पछिल्लो प्रदर्शन २२ वर्षीया महसा अमिनीको मृत्युपछि सुरु भएको थियो । अमिनीले हिजाब राम्रोसँग नलगाएको भन्दै धार्मिक प्रहरीले हिरासतमा लिएपछि मृत्यु भएको थियो ।
उनको मृत्युपछि महिलाहरु आफूहरुमाथि राज्यले थोपरेका कट्टर कानुनको विरोधमा सडकमा उत्रिए र तिनलाई सघाउन पुरुषहरु पनि सडकमा आएका पाइएका छन् । प्रदर्शनकारी विरुद्ध सरकारी दमनका बीच कयौं स्थानमा प्रदर्शन हिंसात्मक बनेको थियो ।
एम्नेष्टिका अनुसार मारिएका २३ बालबालिकाहरु मध्ये २० जना ११ देखि १७ वर्षका किशोर र तीन किशोरी रहेको उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


