काठमाडौं, २८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६९ जनामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर संक्रिय संक्रमितको संख्या ६३८ रहेको मन्त्रालयले जनाएको छ ।