नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा प्रदेश १ को पहिलो जित

काठमाडौं, २८ असोज । नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा प्रदेश १ ले पहिलो जित हात पारेको छ । उसले समूह ‘बी’ अन्तर्गतको खेलमा कर्णाली प्रदेशलाई ७ विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।
५४ रनको लक्ष्य प्रदेश १ ले ६.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि निशा शाहले १८ र लकिता राजवंशीले अविजित १४ रनको योगदान दिए ।
कर्णालीका लागि यमुना थारु र अञ्जु गुरुङले १–१ विकेट हात पर्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो ।
उसका लागि यमुना थारुले सर्वाधिक २१ तथा कप्तान विना थापाले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन् ।प्रदेश १का लागि लकिता राजवंशीले ४,अलिशा खडियाले ३ तथा निशा शाह र हेमवती रोयले १–१ विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यो जितसँगै प्रदेश १ ले ३ खेलमा ३ अंक जोड्दा पराजित कर्णाली समान खेलबाट अंक विहिन छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


