युवा मिडफिल्डर आशिष राई भारतीय क्लबमा अनुबन्ध

काठमाडौं, २८ असोज । नेपाली यु–२० टोलीका युवा मिडफिल्डर आशिष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् ।
यु–२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशिषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए ।
गत महिना बहराइनमा भएको एएफसी यु–२० एसियन कप छनोटको टिममा उनी नियमित सदस्य थिए । अक्टोबरमा भएको यु–२० साफ च्याम्पियनसिपमा पनि उनी नेपाली टिमका महत्त्वपूर्ण सदस्य थिए ।
गत वर्ष नेपाली यु–२३ टिमका डिफेन्डर अभिषेक लिम्बूले पनि सोही क्लबबाट खेलेका थिए । यस्तै महिला खेलाडी दीपा न्यापानेले पनि सोही टिमको महिला क्लबबाट खेलेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


