नेपालमा एकैदिन थपिए १ हजार ७८७ डेंगुका नयाँ बिरामी

काठमाडौं, २८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।
सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २०७९ साउन १ गते यता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ ।
डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


