प्रदेश १ र लुम्बिनीमा जसपाका मन्त्रीलाई हटाउने तयारी

काठमाडौं, २८ असोज । प्रदेश १ र लुम्बिनी सरकारले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाउने तयारी सुरू गरेको छ ।लुम्बिनी प्रदेशमा जसपाका ३ र प्रदेश १ मा एकजना मन्त्री छन् ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले केन्द्र सरकारले गरेको निर्णय प्रदेशमा पनि लागु हुने बताए । गठबन्धनबाट बाहिरिएपछि प्रदेश सरकारमा सहभागी जसपाका मन्त्री पनि हटाइने उनले जानकारी दिए ।
प्रदेश १ मा सरकारमा जसपाका जयराम यादव स्वास्थ्यमन्त्री छन् । त्यस्तै, लुम्बिनी प्रदेशमा सरकारमा सहभागी जसपाका मन्त्रीहरूलाई हटाइने तयारी थालिएको छ।
गठबन्धनका घटक दल नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका बीरेन्द्र कनौडियाले केन्द्रकै नियम प्रदेशमा पनि लागु हुने बताए । कनौडियाले गठबन्धनबाट बाहिरिएका दलका मन्त्रीहरू सरकारमा बसिरहन नमिल्ने जिकिर गरे ।
सत्ता गठबन्धनबाट बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी जनता समाजवादी पार्टीका चारजना मन्त्रीलाई बिहीबार बर्खास्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


