जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी चार मन्त्री बर्खास्त

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।
यसअघि जनता समाजवादी पार्टीले सत्तारुढ गठबन्धनमा नै रहेको भए पनि आगामि निर्वाचनमा उसले नेकपा एमालेसँग तालमेल गरेको छ ।
सत्ता गठबन्धनलाई छोडेर एमालेसँग तालमेल गर्न पुगेको जसपाका चार मन्त्री देउवा नेतृत्वको सरकारमा थिए ।
राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्री थिए ।
उनीहरुलाई बर्खास्त गरेपनि निर्वाचन आचारसंहिता लागिसकेकाले प्रधानमन्त्री देउवाले अन्य मन्त्री थप्न पाउने छैनन् ।
उनीहरुले सम्हालेका सबै मन्त्रालयको जिम्मेवारी देउवाले नै सम्हाल्ने गरि राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार तोकेकी छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


