नेपालमा डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुग्यो

काठमाडौं, २७ असोज । नेपालमा डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि अहिलेसम्म ३७ हजार १३१ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा ४५ जनाको संक्रमणबाट मृत्यु भएको छ । मंगलबार ३३ हजार ९७५ रहेको संक्रमितको संख्या २ दिनपछि ३७ हजार बढी पुगेको हो ।
मन्त्रालयले देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


