बिहीबार ५१ नयाँ संक्रमित थपिए, २१ जना संक्रमणमुक्त

काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६२२ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


