सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २७ असोज । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
यसअघि ७ दिनको अनुमति दिएको थियो । आज त्यो म्याद सकिएपछि सन्दीप लामिछानेलाई म्याद थपका लागि ७ दिनको माग गर्दै प्रहरीले अदालतमा पेश गरेको थियो ।
अदालतमा सूर्यबहादुर थापाको बेन्चले पाँच दिनको म्याद थप गरेको हो ।
सन्दीप लामिछाने २० असोजमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । उनीमाथि एक नाबालिग किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


