एजेन्सी, २६ असोज । पप स्टार भनेर चिनिने म्याडोनाले टिकटकमा एक भिडियो अपलोड गरेकी छिन् । यो भिडियो विशेष रुपमा चर्चित बनेको छ किनभने उनले यसमा एउटा वाक्य लेखेकी छिन् जसले उनी ‘गे’ भएकोतर्फ इंगित गर्छ ।

टिकटकको भिडियो क्लिपमा ६४ वर्षीया म्याडोनाले क्रिम रङको पोसाक लगाएकी छिन् र भित्री वस्त्रजस्तो देखिने एउटा चम्किलो गुलाबी वस्तु समातेकी छिन् । भिडियोमा उनले लेखेकी छिन्, ‘म चुकेँ भने ‘गे’ हुँ ।’

गायिकाले त्यसपछि उक्त भित्री वस्त्र डस्टबिनमा फाल्ने प्रयास गर्छिन् तर यस्तो देखिन्छ कि उनले त्यस्तै गर्ने उद्देश्य राखेकी छिन् ।डस्टबिनभित्र भित्री वस्त्र पुर्याउने उनको प्रयास विफल भयो । क्यामराले उनको अनुहारको भाव पनि कैद गरेको छ जसमा उनले यसलाई निकै सामान्य तरिकाले लिएको देखिन्छ ।

अमेरिकाको राष्ट्रिय कमिङ आउट डेको आसपास म्याडोनाले उक्त भिडियो पोस्ट गरेकी हुन् । उनको टिकटक भिडियोले धेरै प्रशंसकलाई भ्रममा पारिदिएको छ । कतिले म्याडोनाले रमाइलोका लागि वा भाइरल ट्रेन्डमा समावेश हुन यस्तो गरेकी त होइनन् भनेर प्रश्न उठाइरहेका छन् ।

यद्यपि, म्याडोनाले आफ्नो यौनिकताबारे यसअघि पनि बोलिसकेकी छिन् । तर उनले सार्वजनिक रुपमा पुरुषसँग मात्रै डेट गरेकी छिन् । सन् १९९१ मा दिएको एक अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ कि सबै व्यक्तिमा बाइसेक्सुअल व्यवहार हुन्छ । त्यो मेरो सिद्धान्त हो । म गलत पनि हुनसक्छु ।’

यसका साथै सन् २००३ को एमटिभी भिडियो म्युजिक अवार्डमा उनले गायिका ब्रिटनी स्पेयर्स र क्रिस्टिना अगुलेरालाई चुम्बनसमेत गरेकी थिइन् । एक रिपोर्टका अनुसार उनको मोडल जेनी सिमिजुसँग रोमान्टिक सम्बन्धसमेत थियो ।