‘२ नम्बरी’ले पहिलो साता राम्रो कलेक्सन गर्न सफल

काठमाडौं, २६ असोज । गत शुक्रबारबाट रिलिज भएको सिनेमा ‘२ नम्बरी’ले प्रदर्शनको पहिलो साता नै राम्रो कलेक्सन गर्न सफल भएको छ ।
रिलिजको पाँचौ दिन पनि राम्रो व्यापार गरिरहेको यो फिल्मको अकुपेन्सी देशभरका मल्टिप्लेक्समा उच्च देखिएको छ ।
फिल्मका निर्माता किरण नेपालीले फिल्मले लगानी उठाएर नाफा गर्न सुरु गरेको बताएका छन् । फिल्मले राम्रो मुनाफा कमाउने देखेपछि निर्माण टिमले पर्दापछाडि बसेर दुःख गर्ने प्राविधिकलाई बोनस दिने भएको छ ।
निर्माता नेपाली भन्छन् ‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं । फिल्म हिट बनाउनमा उहाँहरुको पनि ठूलो हात छ ।’
बोनस कचि दिने भन्ने एकिन भने भैनसकेको नेपाली बताउँछन् । फिल्मले गर्ने लाइफ टाइम कलेक्शनको आधारमा बोनस दिने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


