भ्रष्टाचार आरोपमा क्रिकेटर मेहर छायाकरलाई १४ वर्षको प्रतिबन्ध

एजेन्सी, २६ असोज । क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले १४ वर्षको प्रतिबन्ध लगाएको छ ।
उनलाई आईसीसीको भ्रष्टाचार विरोधी न्यायाधीकरणले आईसीसी र क्यानडा क्रिकेटका सातवटा नियम उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको हो ।
त्यसपछि उनलाई १४ वर्षका लागि सबै ढाँचाका क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको छ । युनाइटेड अरब इमिरेट्सका खेलाडी छायाकरले अप्रिल २०१९ मा जिम्बाब्वेविरुद्ध युएई सिरिज र २०१९ मा क्यानडामा भएको जीटी–२० म्याचमा नियम उल्लङ्घन गरेका थिए ।
‘हामीले पहिलो पटक २०१८ मा अजमानमा एक क्रिकेट प्रतियोगिता आयोजना गर्दा मेहरको संलग्नता पाएका थियौँ । क्रिकेटमा भ्रष्टाचार फैलाउनमा संलग्न भएको कारण उनलाई लामो समय प्रतिबन्ध लगाइएको छ,’ आईसीसीको इन्टिग्रिटी युनिटका महाप्रबन्धक एलेक्स मार्शलले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


