काठमाडौं, २६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ९८० जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २२ जना संक्रमणमुक्त भएका छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ८२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५९८ रहेको मन्त्रालयले जनाएको छ ।