एजेन्सी, २५ असोज । आगामी कार्तिक ८ गतेबाट रिलिजको तयारीमा रहेको बलिउड फिल्म ‘रामसेतु’को ट्रेलर सार्वजनिक भएको छ ।

अक्षयकुमारले शीर्ष भूमिकामा अभिनय गरेको फिल्मको ट्रेलरमा अक्षयको ३ दिने मिसनको कथा समेटिएको छ । यो फिल्ममा अक्षयकुमार राष्ट्रिय सम्पदा संरक्षणका लागि खटिएको एक भूगर्भशास्त्रीको भूमिकामा देखिएका छन् ।

सार्वजनिक ट्रेलरमा नुसरत भरुचा, ज्याकलिन फर्नान्डिज, नसार र सत्यदेवलाई पनि देखाइएको छ । रामायणमा उदृत गरिएको रामसेतुको कथाबाट फिल्म प्रभावित छ ।

अभिषेक शर्माले निर्देशन गरेको ‘रामसेतु’ अमेजन प्राइम र केप अफ गुड फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।