काठमाडौं, २५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २२२ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५७५ रहेको मन्त्रालयले जनाएको छ ।