काठमाडौं, २४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा २७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६९ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।