उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

एजेन्सी, २४ असोज । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ ।
सोमबार बिहान समाजवादी पार्टीका संस्थापक सिंहको गुरुग्राममा ८२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाजवादी पार्टीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट सिंहको निधनबारे जानकारी दिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि अक्टोबर २ देखि गुरुग्रामा रहेको मेदान्त अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।
यादव तीन पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


