सुनसरी, २४ असोज । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । उनी ललिता निवास जग्गा प्रकरणमा आरोपित भएका थिए ।

सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको हो ।

काठमाडौंका एक युवाले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारले चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजी हुनु पर्ने माग गर्दै उजुरी दिएका हुन् ।

गच्छदारविरुद्ध उजुरी आएको जानकारी आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । उनले उक्त उजुरी निर्वाचन क्षेत्रमा पठाउन निर्देशन दिएका छन् ।

आयोगले आइतबार उम्मेदवारी दर्ता गराएकाविरुद्ध सोमबार उजुरी आह्वान गरेको थियो ।

त्यहीअनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उजुरी परेको हो ।