आयरल्यान्डको एक पेट्रोल पम्पमा विस्फोट, १० जनाको मृत्यु

एजेन्सी, २३ असोज । आयरल्यान्डको उत्तरपश्चिममा रहेको पेट्रोल स्टेसनमा भएको विस्फोटमा एक स्कुले छात्रासहित १० जनाको मृत्यु भएको छ ।
काउन्टी डोनेगल गाउँ क्रिस्लोमा सो विस्फोट भएको आयरल्यान्डको प्रहरी गार्डा सियोचनाले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘विष्फोटमा किशोर किशोरीसहित १० जनाको मृत्यु भएको छ ’, प्रहरीले भनेको छ, ‘पीडित सबै स्थानीय रहेको देखिन्छ ।’ विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


