अमरेश सिंहले पार्टीविरुद्ध सर्लाही–४ बाट दिए बागी उम्मेदवारी

सर्लाही, २३ असोज । नेपाली कांग्रेसका निवर्तमान सांसद डा.अमरेश कुमार सिंहले पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
सर्लाही–४ का निवर्तमान सांसदसमेत रहेका सिंहलाई कांग्रेसले सत्ता गठबन्धनबाट टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका हुन् ।
नेपाली कांग्रेसले सो क्षेत्रमा यसअघिका समानुपातिक कोटामा रहेका निवर्तमान सांसद नागेन्द्र रायलाई टिकट दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


