जनकपुरधाम, २३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनबाट उनले उम्मेदवारी दिएका हुन् ।

सो क्षेत्रमा उनीविरुद्ध नेकपा एमालेका सचिव रघुवीर महासेठ र जनता समाजवादी पार्टी नेपालबाट महाजन यादवले उम्मेदवारी दिएका छन् ।