जनकपुरधाम, २३ असोज । नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रतिनिधि सभाका लागि धनुषा–४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनी निवर्तमान सांसद हुन् । उनीविरुद्ध नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र जनता समाजवादी पार्टी नेपालका महाजन यादवले उम्मेदवारी दिएका छन् ।